भदौ ४ । सिनामंगलस्थित एक सेकुवामा सेवाग्राहीबाट घुस लिँदालिदैं राष्ट्रिय अनुसन्धान विभागका दुई प्रहरी अधिकृत पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले त्रिभुवन विमानस्थलमा कार्यरत राष्ट्रिय अनुसन्धान विभागका दुई अधिकृतलाई मंगलबार साँझ घुस लिंदै गर्दा पक्राउ गरेको हो ।

सिनामंगलस्थित बाजेको सेकुवामा सेवाग्राहीबाट ७५ हजार घुस लिंदै गर्दा पक्राऊ पर्नेहरुमा प्रहरी निरीक्षक राजन थापा र असइ विश्वेश्वर आचार्य रहेका छन् ।

उनीहरुले मान्छे विदेश लैजाने सेटिङ मिलाइदिने भन्दै ७५ हजार घुस लिएको जनाइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।