भदौ ३ । सुनसरी जिल्लाको पश्चिम कुशाहा–२ मा केही दिनअघि जग्गा विवाद प्रकरणमा मानिसलाई पिटेर मारेको अभियोगमा प्रहरीले छजनालाई पक्राउ गरको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सीमा विवादको मुद्दामा आपसमा कुटाकुट हुँदा ५२ वर्षीय भागवत यादवको मृत्यु भएपछि प्रहरीले स्थानीयवासी २५ वर्षीया भुटोदेवी यादव, २५ वर्षीया बिणादेवी यादव, ४० वर्षीया पार्वती यादव, १८ वर्षीय प्रकाश यादव, २५ वर्षीय विकास यादव र ३९ वर्षीय पप्पु भनिने प्रकाश यादव पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूलाई ज्यान मारेको अभियोगमा मुद्दा चलाई कारबाहीको प्रक्रिया अघि बढाएको बताइएको छ ।
Comments








