पाेखरा २२ पुस ।
नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले सरकारले अनेकौं बहानाबाजी गर्ने, अल्मल्याउने र सत्ता लम्बाएर राज्यको ढिकुटीको दुरुपयोग गरिरहेका बताएका छन् ।
उनले निर्वाचनबाट ताजा जनादेश आइसकेकाले नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह समेत गरेका छन् ।
प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल कास्कीले शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा समानुपातिकतर्पmको मतपरिणाम सार्वजनिक गरी निर्वाचनको मतपरिणाम निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष यथाशीघ्र बुझाउनु पर्नेमा जोड दिए ।
मतपरिणाम सार्वजनिक नगरी अनेकौँ बहानाबाजी गरेर अल्मल्याउने र सरकारले सत्ता लम्बाएर राज्यको ढिकुटीको दुरुपयोग र गलत काम गर्न खोजेकोमा चिन्ता व्यक्त गर्दै सचिव ज्ञवालीले भने– “यो सरासर जनमतको अवमूल्यन हो ।”
उनले एमाले र माओवादी केन्द्रको पार्टी एकता र सरकार गठनको प्रक्रिया सँगसँगै अघि बढ्ने बताए ।
Comments