दिप बहादुर घर्ति
  जाजरकोट ३० साउन । दुइ दिन देखि परेको अविरल वर्षातका कारण आएको पहिरोले घटट वगाउदा  शुक्रवार  विहान सक्ला ५ का १४ वर्षीय वालक सन्देश वस्नेत गम्भीर घाइते भएका छन् । वस्नेतको टाउको र ढाडमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

त्यस्तै पहिरोकै कारण छिन्चु जाजरकोट सडक खण्डमा सम्पुर्ण यातायात वन्द भएको छ भने  सदरमुकाम खलंगामा  विद्यूत सेवा अवरुद्ध भएको छ । जगतिपुर गाविस ९ कुदुमा सडक भत्किने गरि पहिरो आउदा जिल्ला भित्रिने र वाहिर जाने सवै यातायातका साधनहरु विचैमा अलपत्र परेको प्रहरीले जनाएको  छ ।

पहिरो र खोलाको वाढीका कारण कालो पत्रे गरिएको सडकमा पनि यात्रा गर्न यात्रुलाइ सास्ती भएको छ । त्यसै गरि  सदरमुकाम खलंगामा विद्युत आपुर्ति गरिरहेको स्थानीय सांङट रिसाङ खोला लघुजलविद्युत आयोजाको कुलो पहिरोले  भत्किदा विहिवार राति देखि विद्यूत सेवा पुरै वन्द भएको छ । 

निरन्तर वर्षात र वाढी पहिरोका कारण जिल्लाको ग्रामीण भेगको टेलिफोन सेवा पुरै अवरुद्ध भएको छ । फोन सेवा अवरुद्ध भएपछि गाउँमा पहिरो र अन्य घटनाको वारेमा आफुहरुको सम्पर्क विच्छेद भएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी चक्रवहादुर सिंले वताए ।

उनले फोन सम्पर्क टुटेका कारण जिल्लाका विभिन्न भागमा  पहिरोको क्षति र घाइतेहरुको अवस्थाका वारेमा  थप  जानकारी पाउन नसकिएको वताए । सिंहले  विहिवार राति पहिरोले  सक्ला ८ का रत्नवहादुर महतारा र अन्य एक जनाको दुइवटा घर वगाएको र घरमा रहेकाहरु भागेर वाँचेको वताए ।

विहिवार विहान पहिरोमा परी घाइते भएकाहरुलाइ अहिले सम्म पनि उद्धार गर्न सकिएको  छैन । मौसममा  सुधार नआएका  कारण सक्ला र रामीडाडाँका  ६ जना गम्भीर घाइतेहरुको  उद्धार हुन नसकेको  प्रहरीले जनाएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।