इनरुवा, २९ साउन । पूर्वी पहाडी तथा तराईका केही जिल्लामा भएको अविरल वर्षका कारण सप्तकोसी नदीमा पुनः पानीको बहावमा वृद्धि भएको छ ।

आज बिहान ९ः१५ बजे गरिएको मापनअनुसार कोसी ब्यारेज हुँदै प्रतिसेकेन्ड दुई लाख ५४ हजार २३५ क्युसेक पानी बगिरहेको कोसी ब्यारेज कन्ट्रोल रुमका प्रमुख शुकनन्दन सिंहले जानकारी दिए । गत शनिबार साँझ ९ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा प्रतिसेकेन्ड दुई लाख पाँच हजार ६३० क्युसेक पानीको बहाव रहेको थियो ।

पानीको बहाव बढेपछि ब्यारेजमा खतराको सङ्केतस्वरूप रातो बत्ती बलिएको छ भने ५६ वटा ढोकामध्ये अहिले ३३ वटा ढोका खोलिएको सुनसरी प्रहरीले जनाएको छ । पानीको बहावमा वृद्धि भए पनि जिल्लामा कतै बाढी तथा कटान नभएको प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।