दिप बहादुर घर्ति
जाजरकोट २८ साउन । खाईपाई आएको दुर्गम तथा स्थानिय भत्ता सरकारले कटौती गरेको विरोधमा दुई साता देखी आन्दोलनरत जाजरकोटका कर्मचारीले बुधवार जिल्ला प्रशासन सहित सवै सरकारी कार्यालयमा कालो झण्डा राखेका छन् । आफ्ना माग सम्वोधन गर्न तर्फ सरकारले कुनै पहल नगरेको भन्दै कर्मचारी आफैले आफ्नै कार्यालयमा कालो झण्डा राखेर विरोध जनाएका हुन् ।

जिल्लाका २५ ओटै सरकारी कार्यालयमा कालो झण्डा गाडिएको संघर्ष समितिले जनाएको छ । कालो झण्डा राखिएपनि कार्यालयको कामकाज भने सुचारु हुनेभएको छ । सेवाग्राहीहरु मर्का पर्ने भएकोले कामकाज नरोकिने संघर्ष समितिको भनार्ई छ ।
गत असार २९ को मन्त्रिपरिषदको निर्णय अनुसार जाजरकोट लगायतका दुर्गम तथा पिछडिएका जिल्लामा कार्यारत शिक्षक , स्थानिय निकाय , स्वास्थ्यकर्मी र निजामति सेवामा कार्यरत कर्मचारीले खाईपाई आएको स्थानिय तथा दुर्गम भत्ता कटौती गरेपछि यहाँ कार्यरत राष्ट्रसेवक कर्मचारीहरु निर्णय फिर्ता लिन सरकार संग माग राख्दैै आन्दोलनमा उत्रिएका हुन् ।
यस अघि बुधवार र विहिवार कालो झण्डा सहित सवै सरकारी कार्यालय बन्द गर्ने घोषणा गरेपनि शिक्षक कर्मचारीहरुका माग प्रति अर्थ मन्त्रालय सकारात्मक रहेकोले स्थानिय प्रशासनको आग्रहमा बन्दको कार्याक्रम फिर्ता लिएको संघर्ष समितीका सहसंयोजक शेरबहादुर के.सी.ले बताए । अहिले सम्मका आन्दोलनमा जिल्ला प्रशासन कार्यालयमा कालो झण्डा राखिएको घटना भने पहिलो हो ।
Comments