केवी मल्ल
 जाजरकोट २८ साउन । सर्पको टोकाइवाट वुधवार एक वालकको ज्यान गएको छ । सर्पले टोकेको २ घण्टा पछि वालकको मृत्यू भउको हो ।
पैंक गाविस ९ चाल्नाका ८ वर्षीय वालक तिलकवहादुर पुनको  ढिमे १ वाटुल्लेमा रहेको गोठमा राति सुतिरहेको अवस्थामा  सर्पले टोकेर मृत्यु भएको स्थानीय लालवहादुर सिंहले वतएका छन ।  आमा दुर्गी पुन संगै सुतिरहेको अवस्था वुधवार विहान ३ वजेतिर सर्पले पुनलाइ टोकेर ज्यान गएको सिंहले वताए ।  मृतक पुनका वुवा कमाइ गर्नका लागि ३ महिना अघि भारतमा रहेका छन् ।  आर्थिक अवस्था निकै कम्जोर रहेको पुन परिवार घरमा  वस्न नसकेर  घरदेखि  वाटुल्यमा आएर गोठ वनाएर वसेको  र अहिले  वालक पुनको मृत्युले उनका आमा अन्य भाइवहिनीहरु शोकको विचल्लीमा परेको स्थानीयहरु भनाइछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।