रक्तश्राववाट सुत्केरीको ज्यान गयो आमा मरेपछि नवजात शिषुको विचल्ली

हेलो खबर सम्वाददाता
 जाजरकोट २८ साउन । मंगलवार  अत्यधिक रक्तश्राव भएर एक युवतीको मृत्यु भएको  छ । पुन्मा गाविस  ५ भेरेमा  सुत्केरी भइसकेपछि रक्तश्राव भएर सोहि ठाउँकी  १९ वर्षीय विमला पुनको ज्यान गएको हो । 
उनीवाट जन्मिएकी छोरी जिवितै रहेको र उनको हेरचाह र पालनपोषण गरिदिने मानिसको समस्या परेको स्थानीय चन्द्रवहादुर वलीले वताए ।  उनका श्रीमान जनकराज पुन  कमाइ गर्न भारततिर गएका कारण   नवजात शिषुको पालनपोषण र  हेरचाहमा समस्या परेको  वलीले वताए ।  
मृतक विमलाका यस अघि डेढ वर्षका  छोरा रहेको र उनी समेत अहिले विचल्लीमा परेका छन् ।  उनको हेरचाह र पालनपोषणका लागि गाउँलेहरुले  जिम्मा लिन लागेको  र कोहि भए  सहयोग गर्न  आफुहरुले  आग्रह गरिरहेको स्थानीय अगुवा समेत रहेका वलीले वताए ।  स्थानीयहरुले  वच्चाको भरणपोषण एवम हेरचाहका लागि आवस्यक व्यवस्था गरिदिन प्रमुख जिल्ला अधिकारी  र पत्रकारहरुलाइ आग्रह गरेका छन् ।  खलंगा सदरमुकाम देखि भेरे  दुइ घण्टाको पैदल दुरीमा रहेको छ

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।