भोलिदेखि कोरियाली भाषा परीक्षाको आवेदन

साउन २७ । कोरियन भाषा परीक्षाका लागि बुधबारदेखि आवेदन खुला हुने भएको छ । परीक्षा दिनेले आगामी शनिबारसम्म आवेदन फारम बुझाइसक्नुपर्नेछ । यसपटक उपत्यकामा तीन र बाहिर चार ठाउँबाट आवेदन फारम बुझाउन सकिने व्यवस्था छ ।

रोजगार अनुमति प्रणाली इपीएस अन्तर्गत काम गर्न कोरिया जान अनिवार्य रुपमा कोरियन भाषा परीक्षा पास गर्नुपर्छ । कोरिया वैदेशिक रोजगारीको आकर्षक गन्तब्य हो । नेपाली कामदारले कोरियामा मासिक एकलाख भन्दा बढी कमाउँछन् ।

उपत्यकामा एक्मी इन्जिनियरिङ कलेज सीतापाइला,ल्यावराेटरी स्कुल कीर्तिपुर, च्यासल फुटबल खेलमैदान बालकुमारीबाट आवेदन फारम बुझाउन सकिनेछ । उपत्यका बाहिर पोखरा, धरान, बुटबल लगायतका स्थानबाट आवेदन दिन पाइन्छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।