दिप बहादुर घर्ति
जाजरकोट २६ साउन । छिन्चु–जाजरकोट सडक खण्डमा पर्ने खोलाहरुमा पुल निर्माण नहुदा यात्रुहरुलाई निकै सास्ती भएको छ । निकै ठुलो बर्षावाट वढेका खोलाहरुले यातायात अवरुद्ध भए पछि यात्रुहरुलाई सास्ती भएको हो । सडकको स्तरोन्नती गरेको भनिए पनि भेरी नदी लगायतका आठ वटा खोलामा मोटरेवल पुल नवन्दा वर्षातका वेला स्थानीयलाइ निकै सास्ती हुने गरेको छ ।
(यस वर्षको फेरा खोला फोटा)
(यस वर्षको फेरा खोला फोटा)
सुर्खेतको राकम देखि जाजरकोट खलंगा सम्मको ६३ किलो मिटर सडकमा आधा दर्जन ठुला खोलाहरु छन् । ती खोलाहरुमा पक्की पुल नभए पछि खोलाले रोकेर गाडीहरु सहज रुपमा सञ्चालनमा आउन समस्या परेको नलसिंहगाढ यातायात समितिका नवराज सिंहले वताए । यात्राका क्रममा अविरल वर्षाले खोलाहरु ठुला भएका कारण निकै कष्टपुर्ण याात्रा हुने गरेको खलंगा २ का रामचन्द्र ज्योतिको भनाई छ । कालोपत्रे भएको छ भनेर के गर्नु खोलामा पुग्दा गाडी वग्ला झै हुन्छ, ज्योतिलिे भने ।
राकम देखि सुर्खेतका गोजीखोला, वा“खर्क खोला ,कालीखोला, र जाजरकोटको फेराखोला, पासागार, ईबरगारहरु अति ठुला भएर वगेका कारण यात्रुवाहक गाडीहरुलाई वरपर गर्न समस्या परेको हो । साना ठुला गरि एक दर्जन सम्मका खोलाहरु मध्य हाल सम्म कार्कीगाउँ र भुरको सीमानामा रहेको छेडाखोलामा मात्रै विगत २ वर्ष देखि नेपाली सेनाले निर्माण गरेको वेलीव्रिज छ ।
(एक वर्ष पहिले फेरा खोलाको फोटो)
वर्षातका कारण वाह्रै महिना वग्ने खोला र खहरे खोलाहरुमा मोटरसाइकरहरु वारपार गराएको स्थानीयहरुले चर्काे सुल्क लिने गरेका छन् भने यात्रुवाहक गाडीहरु पारलगाएको स्काइभेटरका सन्चालकहरुले सुल्क लिने गरेका छन् । यात्राका क्रममा यात्रुवहाक गाडीहरु निकाल्न ५ देखि ६ हजार स्काइभेटरका सन्चालकहरुले र मोटरसाईल तार्न स्थानीयहरुले १ हजार रकम सम्म लिने गरेको भेरीगंगा यातायात व्यवसायी समितिका अध्यक्ष प्रमोदजंग शाहले बताए ।
(एक वर्ष पहिले फेरा खोलाको फोटो)
यात्रुहरुलाइ खोलामा वारपार गराए वापत स्थानीय युवाहरुलाइ यात्रुहरुले चर्काे शुल्क तिर्ने गरेका छन् । यति वेला यस सडक खण्डमा महिला, वृद्ध र बालबालिकाहरुलाई निकै सास्ती हुने गरेको छ । यस सडक खण्डमा कालो पत्रे भएको भनिएपनि खोलामा पानीको मात्रा अत्याधिक भएका कारण खलंगा देखि राकम सम्मको यात्रा पार गर्न मात्रै ३ वटा गाडीहरु फेर्न यात्रुहरु वाध्य भएका छन् ।
खोलाको सास्तीका कारण यात्रुहरु पहिलेको भन्दा तेव्वर वढी भाडा दर तिर्र्न वाध्य भएका छन् । स्थानीयहरुले तीन ठाउँमा गाडी फेर्नु पर्ने मानिसलाइ समेत वारपार गराउन रकम तिर्नू पर्ने भएका कारण महंगो शुल्क तिरेर यात्रा गर्न जाजरकोटीहरु वाध्य भएको पत्रकार राजेन्द्र कार्कीले वताए । सवै भन्दा वढी रुपमा याात्रुलाइ सास्ती दिने इवर खोला र फेरा खोलामा पुल निर्माणका लागि टेन्डर भइसकेको जिल्ला विकास समितिले जनाएको छ ।