काठमाडौँ, २५ साउन । एकीकृत नेकपा माओवादी सम्बद्ध अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) ले बाँकेको नौबस्ताकी चन्द्राकुमारी विकलाई बोक्सीको आरोपमा दुव्र्यवहार भएको भन्दै आपत्ति प्रकट गरेको छ ।

सङ्घका अध्यक्ष सीता पोखरेलले आज विज्ञप्ति प्रकाशन गरी पछिल्ला दिनमा महिलामाथि भइरहेको बलात्कार, हत्या, हिंसालगायत घटना नियन्त्रण गर्न र दोषीमाथि कारबाही गर्न सरकार गम्भीर नभएको आरोप लगाउँदै महिलामाथिको हत्या, हिंसा तथा बलात्कार नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्न र दोषीमाथि कारबाही गर्न माग गरेकी छिन् ।
र्नुभएको छ ।

नौबस्ताकी विकलाई यही साउन १६ गते स्थानीयवासीले बोक्सीको आरोपमा दुव्र्यवहार गरेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।