काठमाडौँ, २२ साउन । व्यवस्थापिका–संसद्को आजको बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर सांसदहरूले बुधबार रुकुमबाट नेपालगन्ज गएकी एक युवती सार्वजनिक यातायातको साधनमा बलात्कृत भएकोे घटनाको भत्र्सना गर्दै दोषीहरूलाई आजन्म कैदको सजाय हुनुपर्ने माग गरेका छन् ।
बलात्कारमा संलग्नलाई आजीवन काराबासको सजाय हुनुपर्ने र कुनै पनि हालतमा उनीहरूलाई उन्मुक्ति दिन नहुने माग गर्दै उहाँहरूले मौजुदा कानुनमा त्यसो गर्ने व्यवस्था नभए सदनबाट ऐन पारित गरेर भएपनि बलात्कारजस्ता अपराधलाई रोक्नुपर्ने बताए ।
प्रहरी अनुसन्धानबाट दोषी देखिएका अजित सुनार र सोहन बिसीमाथि तत्काल कारबाही गरी त्यसको जानकारी सदनलाई गराउन पनि उनीहरूले माग गरे ।
बलात्कार, यौन दुव्र्यवहारजस्ता प्रताडनाबाट महिला वर्ग निरन्तर पीडित भइरहेकाले त्यस्ता आततायी पुरुषलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने र गृहमन्त्रीले त्यसमा खुट्टा कमाउन नहुने उनीहरूको भनाइ थियो ।
दोषीमाथि कारबाहीको माग गर्नेहरूमा मिठु मल्ल, गौराप्रसाईं कोइराला, कलशादेवी महरा, राज्यलक्ष्मी श्रेष्ठ (नुवाकोट), छायाँ शर्मा पन्त, रेखा शर्मा, प्रकाश ज्वाला र कुन्तीकुमारी शाही थिए ।