केवी मल्ल
जाजरकोट २२ साउन । वर्षात लागे संगै गत जेठ महिना देखि सदरमुकाममा पत्र पत्रिका आउन छोडेका छन् । जिल्ला सदरमुकाम खलंगामा कान्तिपुर र गोरखापत्र लगायत अन्य साप्ताहिक र मासिक म्याग्जीनहरु मात्र पत्र पत्रिका पुग्ने गरेका छन् ।
जाजरकोट २२ साउन । वर्षात लागे संगै गत जेठ महिना देखि सदरमुकाममा पत्र पत्रिका आउन छोडेका छन् । जिल्ला सदरमुकाम खलंगामा कान्तिपुर र गोरखापत्र लगायत अन्य साप्ताहिक र मासिक म्याग्जीनहरु मात्र पत्र पत्रिका पुग्ने गरेका छन् ।
राजनैतिक दलका कार्यकर्ताहरु, स्थानीयवासी एवं युवा जमातहरु पत्रपत्रिका पढने वानी नभएकोले सवै पत्रपत्रिका मगाउन गाह्रो भएको ’–हो । विगत दुईदशक देखि जिल्ला सदरमुकाममा एक मात्र पत्रिका पसल संचालन गरेका खलंगा–२, ठा“टीवजार स्थित मातृभूमी स्टेशनरीका सेवनप्रसाद शिवाकोटीले वताए ।
सिवाकोटीको पसलमा वर्षका ६ महिना मात्र नेपालगंज वाट कान्तिपुर पव्लिकेशन्स वाट प्रकासित कान्तिपुर दैनिक पचपन्न थान र साप्ताहिक, नेपाल , नारी र गोरखा पत्र संस्थानका २० थान गोरखा पत्र, मधुपर्क, युवामन्च संगै शिक्षक मासिक, हिमाल खवर पत्रिका मात्र आउने गरेका छन् ।
राजधानीमा प्रकासित हुने अन्य ठुला अखवारहरु जिल्लामा आउने गरेका छैनन् ।‘ विक्रीनै छैन , पढने वानी पनि छैन, आएका पनि महिनौ सम्म विक्री हुन्नन् ’–शिवाकोटीले वताए । नेपाल पत्रकार महासंघका ६५ जना सदस्य मध्य एक दर्जन पत्रकार राजधानीका ठुला मिडयामा कार्यरत छन् तर आफुले लेखेका समाचार आफै हेर्न पाईन्न , समाचार लेख्छ कि लेख्दैनन ? जनताले शंका गर्छन् , त्यहि भएर वेवसाईटका समाचार आफनो व्यक्तिगत फेसवुकमा पोष्ट गर्ने गरेको राजधानी दैनिकका संवाददाता एवं नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष राजेन्द्र कार्की वताउंछन् ।
जिल्ला सदरमुकाममा वर्ष भरि संचालन हुने कार्यक्रममा आमन्त्रण गरिन्छ , तर समाचार छापियो कि छापिएन ? सरोकारवाला लाई देखाउन पनि पाईन्न , राजधानी तिर फोन गरेर सोध्नु पर्ने हुन्छ , त्यसेैले जिल्लामा नआउने पत्रिकाका पत्रकारहरु प्रति जनविश्वास घटेको ’– द हिमालयनका संवाददाता दिनेश श्रेष्ठ वताउंछन् ।
जिल्लामा कान्तिपुर दैनिक, राधानी दैनिक, नागरिक दैनिक, नयां पत्रिका, आर्थिक कारोवार, अभियान दैनिक, अन्नपुर्ण पोष्ट, दि हिमालयन, गोरखापत्र, रासस, जनदिशा दैनिक लगायतका मिडियाले जिल्लामा आफना प्रतिनिधी लामो समय देखि राखेकोछ । ‘सल्लीवजार हुदैं नेपालगंज वाट गाडी संचालन हुने वेला सम्म मगाईन्छ , भेरी नदीमा पुल नभए पछि संचालित फेरी पनि वन्द भए पछि पत्रपत्रिका सल्लीवजारमै अलपत्र पर्ने र ढिलो पुग्ने भएकोले पत्रिका मगाउन वन्द गरिएको’–पत्रिका पसले शिवाकोटी वताउंछन् ।