हेलो खबर सम्वाददाता
 जाजरकोट २२ साउन । सरकारले आफनो मागहरुको सुनुवाइ नगरेको भन्दै संघर्षमा उत्रिएका जाजरकोटका शिक्षक र कर्मचारीहरुले जिल्लाका सवै  विद्यालय र गाविस कार्यालयहरु विहविार देखि वन्द गरेका छन् । संयुक्त संघर्ष समितिको दोश्रो चरणका संघर्षका कार्यक्रम अनुसार यसो गरिएको हो ।

सरकारले दुर्गम तथा स्थानीय भत्ता काटेको विरोधमा  शिक्षक तथा कर्मचारीहरु गत एक हप्ता देखि आन्दोलनमा उत्रिएका छन् । पहिलो चरणमा एक हप्ता सम्म विभिन्न कार्यक्रमहरु गरेर विद्यालय र सरकारी सेवाको काम  अवज्ञा गरिरहेका शिक्षक कर्मचारीहरुले दोस्रो चरणको कार्यक्रम  विहिवार देखि घोषणा गर्दै सरकारी कार्यालयहरुको काममा अवज्ञा र  विद्यालय तथा गाविस कार्यालयहरु समेत वन्द गरेका हुन् । 

सरकारले सहज वाटोवाट निकास नदिएपछि आफुहरले कठोर वाटोको आन्दोलन रोज्न वाध्य भएको राष्टसेवक संयुक्त कर्मचारी संघर्ष समितीका संयोजक राजवहादुर सिंहले वताए । उनले  अव जिल्लाको सवै सरकारी सेवालाइ ठप्प पार्ने गरि आन्दोलन अघि वढाइने वताए । आन्दोलनका नाउँमा  विद्यालयहरु वन्द भएपछि विद्यार्थीहरु  अलपत्र परेका छन् । शिक्षकहरु आन्दोलन छ भन्दै सदरमुकामतिर लागेपछि गाउँका विद्यालयमा पढाइ रोकिएको  विद्यार्थीहरु वताउछन् ।

गाउँवाट गाविसको सिफारीस लगाएत अन्य जरुरी कामले सदरमुकाममा आएका सर्वसाधारणहरु समेत विचल्लीमाम परेका छन् । सरहरु हाम्रो आन्दोलन छ भन्दै  खलंगातिर लाग्नु भएको छ विद्यालयमा कोहि छ्रैनन्, थर्पु माद्यमिक विद्यालय ढिमेको कक्षा १०मा पढ्ने स्वयमप्रकाश मल्लले वताए । मल्लले  विद्यालयमा सरहरु नभएपछि विद्यार्थीहरु पनि आउन छोडेको वताए ।

शिक्षकहरु विद्यालय जान छोडेपछि जिल्लामा पठनपाठन पुर्ण रुपमा  ठप्प भएको  छ । विद्यार्थी र सर्वसाधारणलाइ सास्ती भएपनि सरकारी निकायले कुनै सुनुवाइ नगर्नु दुखद कुरा भएको नागरिक अगुवा तेजविक्रम शाहले वताए ।  जिल्लाका  साढे चार सय सामुदायिक विद्यालयका हजारौं विद्यार्थी र  तीन दर्जन सरकारी कार्यालयको सरकारी सेवा अलपत्र परेको  र यस वारेमा सरकारले तुरुन्त कुनै न कुनै पहल गर्नु पर्ने वताए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।