चिट चोराउन खोज्ने १४ जना प्रहरी पक्राउ

दिप बहादुर घर्ति
 जाजरकोट २२ साउन । विहिवारको एसएलसी पुरक परीक्षामा चिट चोराउन कोसिस गर्ने ६ जना शिक्षक ६ जना विद्यार्थी र २ जना अन्यलाइ प्रहरीले प्रकाउ गरेको छ । चिट चोराउने प्रयासमा उत्तरपुस्तिका र चिट लेखि रहेका १४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

अनिवार्य गणित विषयको परीक्षा चलिरहेकै वेला मुल उत्तरपुस्तिका सहित परीक्षा हल तथा जंगलमा वसेर प्रस्नपत्र हल गरिरहेका उनीहरुलाइ  प्रहरील्ो पक्राउ गरेको हो । प्रकाउ पर्नेहरुमा शिक्षकहरु दीपक वस्नेत,लालवहादुर रावत,लाल वहादुर खत्री, मोतीप्रसाद शर्मा, जयवहादुर वस्नेत र कृष्णवहादुर थापा रहेका छन् । अन्य पक्राउ पर्नेहरुमा सन्देश आचार्य, धनवहादुर शाही,पर्शुराम थापा,रामवहादुर वस्नेत, दीपक वस्नेत दीपक जैसी कर्णवहादुर वुढा र प्रकाश शाही रहेको प्रहरीले जनाएको  छ ।

कोहि परीक्षा हाता भित्र  प्रस्नपत्र हल गरिएको मुल उत्तरपुस्तिका सहित कोहि जंगलमा चिट लेख्दै गरेको अवस्थामा फेला परेको एसएलसी परीक्षा समन्वय समितीका सदस्य एवम प्रहरी प्रमुख चक्रवहादुर सिंहले वताए ।  अहिले उनीहरु सवै प्ररीको हिरासतमा रहेका छन् ।  परीक्षा हल भित्र, परीक्षा केन्द्रको हाता भित्र र  वाहिर अमर्यादित काम गर्नेहरुलाइ  प्रकाउ  गरिएको  प्रहरी प्रमुख सिहंले वताए । वाहिर प्रस्नपत्र हल गरेर भित्र कापी हाल्ने नियतका साथ भएका  कामहरु पुरै रोक्न आफुहरु सफल भएको सिंहको दावी  छ ।

परीक्षा हल वाहिर ५ सय वढी अभिभावहरुको भीड लागेको  थियो । पुरक परीक्षाको त्रिभुवन उच्च मावि खलंगा भवनमा क र ख केन्द्रमा वढी कारवाही परेका छन् । परीक्षा हुनु भन्दा १० मिनेट अघि नै भेरी ज्ञानोदय क्याम्पसमा रहेको ग परीक्षा केन्द्रवाट  प्रस्नपत्र आउट भएको थियो । प्रस्न पत्र आउट भएको कुरा वाहिर सार्वजनिक हुने वित्तिकै प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीको निर्देशसनमा  परीक्षा केन्द्र वरीपरी प्रहरीले छापा मारेको थियो ।

परीक्षाको अन्तिम सम्म प्रहरी र जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरुलाई  खटाइएको थियो । परीक्षा हलको ढोका ढोकामा  कर्मचारी र प्रहरीलाइ खटाएर उत्तरपुस्तिका संकलन तथा प्याकिंग गरिएको थियो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।