साउन २१ । विभिन्न अपराधिक घटनामा जोडिएका चर्चित गुण्डा नाइके चरी भनिने दिनेश अधिकारीको प्रहरीसँगको झडपमा गोली लागि मृत्यु भएको छ ।

हत्या प्रयासको अभियोगमा ६ महिनादेखि फरार रहेका उनको प्रहरीको फायरिङमा गोली लागेर मृत्यु भएको हो ।

सुरक्षाकर्मीसँगको झडपमा काठमाडौं भीमढुंगामा  उनलाई गोली लागेको हो ।

सितापाइलाबाट उनलाई पक्राउ गर्न पिछा गर्दै गएको टोलीमाथि ७ साउन्ड गोली प्रहार भएपछि जवाफी फाईरिंग गर्दा उनलाई गोली लागेको प्रहरीले जनाएको छ ।

चरीको शवसँगै ८ राउन्ड जाने पेस्तोलमा एक साउन्ड मात्रै रहेको प्रहरीले जनाएको छ । उनको शवसँगै बाइक समेत लडेको अवस्थामा भेटिएको थियो ।

चरीको शवलाई मोष्टमार्टमका लागि टिचिंग अस्पताल पुर्याइएको छ ।

उनी पक्षधरले भने पक्राउ गर्न सकिने अवस्थामा पनि गोली हानी हत्या गरिएको भन्दै आक्रोश पोखेका छन् । उनी एमाले धादिंगका जिल्लास्तरीय नेता हुन् ।

लामो समयदेखि उनले राजनीतिको आडमा चन्दा आतंक तथा अपहरण तथा ज्यान मार्ने लगायतका क्रियाकलाप गर्दै आएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।