जापनिज इन्सेफ्लाइटिसबाट एक युवकको मृत्यु

 साउन  २० । मोरङको शनिश्चरेमा जापनिज इन्सेफ्लाइटिसबाट एक युवकको मृत्यु भएको छ भने अर्का एक युवक गम्भीर बिरामी परेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका अनुसार यसरी मृत्यु हुनेमा मोरङ शनिश्चरे–१ का २२ वर्षीय ङफारा लिम्बू रहेका छन् । उनको विराटनगर अस्पतालमा उपचार हुँदाहुँदै गएराति मृत्यु भएको हो ।

यसैगरी सो रोगबाट सोही स्थानका दीपक खड्का गम्भीर बिरामी परेका र उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको सो कार्यालयले जनाएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।