साउन १८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितको टोली आइतबार राजधानीमा आईपुग्ने छन् । उनी राजधानीमा आएपछि ट्राफिक व्यवस्थामा वैकल्पिक रुट खोज्न सर्वसाधरणलाई आग्रह गरिएको छ ।
महानगरीय ट्राफिक प्रहरीले प्रधानमन्त्री हिड्ने रुट र वैकल्पिक बाटो हिड्न आग्रह गरेको विज्ञप्ति यस्तो छ:
मिति २०७१ साल साउन १८ गते आईतबार मित्रराष्ट्र भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र दामोदर दास मोदीको २ (दुई) दिने औपचारी नेपाल भ्रमणका क्रममा महामहिम तथा भ्रमण दलका सदस्यहरु विभिन्न स्थानहरुमा आयोजना गरीने कार्यक्रमहरुमा जानु हुने हुदाँ ख्ख्क्ष्ए को सुरक्षालाई मध्यनजर गर्दै सवारी मार्ग समेत खाली गर्नु पर्ने भएकाले उक्त अवधिभर अति महत्वपुर्ण काममा बाहेक सवारी मार्ग प्रयोग नगरी बैकल्पीक मार्गहरु प्रयोग गरिदिनुहुन सम्पुर्ण सवारी चालक तथा आम सडक प्रयोग कर्ता महानुभाबहरुमा महानगरिय टाफिक प्रहरी महाशाखा हार्दिक अनुरोध गर्दछ ।

महामहिम तथा भ्रमण दलका सदस्यहरुको मिती २०७१ साउन १८ गते सवारी हुने स्थान

१) १८ गते बिहान १० बजे देखि १२ बजे सम्म सिनामंगल, गौशाला, चाबहिल भएर बौद्ध तर्फ चल्ने सवारी साधनहरुले उक्त मार्ग प्रयोग नगरी बैकल्पीक मार्ग प्रयोग गरीदिनुहुन टाफिक प्रहरी हार्दिक अनुरोध गर्दछ ।


२) त्यस्तै १८ गतेनै होटल हयातबाट चाबहील गौशाला, सिनामंगल, तिनकुने, नयाँबानेश्वर, माईतीघर भएर चल्ने सवारी साधनहरु दिउँसो सवा १ बजे देखि पौने तीन बजे सम्म प्रभावीत हुने भएकाले सो स्थान भएर चल्ने सवारीहरुले पनि बैकल्पीक मार्ग प्रयोग गर्नु पर्ने हुन्छ ।

३) दिउँसो साँढे ३ बजे देखि साँढे ४ बजे सम्म सिंहदरबार, माईतीघर, भएर तीनकुने तर्फ जाने सवारी साधनहरु पनि प्रभावीत हुनेछन ।
४) नयाँ बानेश्वर, तिनकुने, सिनामंगल, गौशाला, चावहील, भएर बौद्ध तर्फ जाने सवारी साधनहरु पनि अपरान्ह साँढे ४ बजे देखि साँझ साँढे ५ बजे सम्म प्रभावीत हुनेछन ।
महामहिम तथा भ्रमण दलका सदस्यहरुको मिती २०७१ साउन १८ गते हुने सवारी हुने स्थान
१) १९ गते बिहान ९ बजे देखि साँढे १० बजे सम्म बौद्ध, चुच्चेपाटी, चावहील, गौशाला, सिनामंगल भएर चल्ने सवारी साधनहरुले पनि बैकल्पीक मार्ग प्रयोग गर्नु पर्ने हुन्छ ।
२) त्यस्तै बिहान पौने ११ बजे देखि साँढे ११ बजे सम्म र साँढे १२ बजे देखि साँढे १ बजे सम्म लाजीम्पाट, पानीपोखरी, बालुवाटार, नारायणगोपालचोक, धुम्बाराही, सुकेधारा, चावहील, बौद्ध भएर चल्ने सवारी साधनहरुले पनि बैकल्पीक मार्ग प्रयोग गर्नुपर्ने हुनेछ ।
३) त्सैगरी गरी १९ गते अपरान्ह् ४ बजे देखि साँझ ५ बजे सम्म बौद्ध, चावहील, गौशाला, सिनामंगल, तिलगंगा, तिनकुने भएर चल्ने सवारी साधनहरु पनि प्रभावीत हुने भएकाले उक्त रुट हुदै चल्ने सवारी साधनहरुले बैकल्पीक मार्ग प्रयोग गरीदिनुहुन टाफिक प्रहरी हार्दिक अनुरोध गर्दछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।