साउन १७ । प्रधानमन्त्री निवासमा बसेको सुरक्षा निकायको बैठक सकिएको छ ।

बैठकले दैविक प्रकोपका लागि सहयोग गर्न चीन र भारतसँग पनि आग्रह गरेको छ । चीन र भारतले पनि आफूहरुले जतिबेला पनि जस्तोसुकै सहयोग गर्न प्रतिवद्ध रहेको सन्देश पाएको बताइएको छ ।

यसैगरी, सरकारले कोसीसम्मको क्षेत्र र नदी थुनिएको तल्लो तहको क्षेत्रलाई संकटग्रस्त क्षेत्र पनि घोषणा गरेको छ ।

गृहमन्त्रालयले सप्तकोशीका सबै ढोका खोल्न निर्देशन दिएको छ ।

यसैगरी, उद्दार कार्यमा प्रयोग गर्नुपर्ने भएकाले गृहमन्त्रालयले हेलिकप्टर कम्पनीलाई अन्य उडान नगर्न निर्देशन दिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।