दिप बहादुर घर्ति  जाजरकोट १७ साउन । विहीवार सम्पन्न जाजरकोट उद्योग वाणिज्य संघको चुनावी झट्का प्रेस युनियन जाजरकोटलाई लागेको छ । चुनावी प्रकृयामै प्रेस युनियनले विज्ञप्ती सार्वजनीक गरेपछि चुनावी झट्काको पुष्टि भएको हो ।


उद्योग वाणिज्य संघको चुनावी विषयलाई लिएर प्रेस युनियनका साधारण सदस्य तथा केन्द्रिय पार्षद हरिहर राठोरको उक्त दुवै हैसियत नरहने गरि प्रेस युनियनले विज्ञप्ती मार्फत कार्वाही गरको सार्वजनीक गरेको छ । कान्तिपुर दैनिकका उप सम्पादक हरिहर राठौरले फेसबुकद्धारा उद्योग वाणिज्य संघका उम्मेदवार कमान खड्का, भद्रवली, विश्व मल्ल, प्रमिला सिंह राठोर र बसन्त प्रशाद शर्माको पक्षमा प्रचार गरेको आरोप लगाउदै प्रेस युनियनले राठोरको साधारण सदस्यता र केन्द्रिय पार्षदवाट निस्कासन गरेको छ ।

प्रेस युनियन जाजरकोटका अध्यक्ष जनक के.सी. द्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा प्रेस युनियन नेपाली कांग्रेस पार्टीको सुभेक्षुक संस्था भएको उल्लेख गर्दै युनियनको नेपाली कांग्रेसको नीति, विधान र कार्यक्रम प्रति सधै नैतिक सर्मथन र साथ रहदै आएको दावी गरिएको छ । विज्ञप्तीमा भनिएको छ काग्रेसको आग्रह,निर्णय र कार्यक्रमलाई स्वीकार गर्नु, लागु गर्नु र अनुसरण गर्नु प्रेस युनियनका सबै सदस्यहरुको कर्तव्य हो ।

जाजरकोट उद्योग वाणिज्य संघको निर्वाचनका सन्दर्भमा नेपाली कांग्रेसको आग्रह र पत्रकारीताको धर्मलाई वेवास्ता गर्दै राठोरले कुनै एक पक्षको खुलेरै प्रचार प्रसार गरेको आरोप लगाउदै राठोरलाई निस्कासनको कार्वाही गरिएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।