काठमाडौँ, १५ साउन । नेकपा–माओवादीका पूर्व राज्य समिति सदस्य तथा कालीकोट जिल्ला सदस्य विकको  गोरीकला विकको घाँस काट्न गएको बेला भिरबाट लडेर आज मृत्यु भएको छ । उनी पार्टी पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्माकी बहिनी हुन् ।

माओवादी महासचिव रामबहादुर थापाले आज शोक वक्तव्य जारी गर्दै  शोकमग्न परिवारजन, जिल्लाका पार्टी सदस्य तथा जनसमुदायप्रति समवेदना प्रकट गरेका छन् ।

माओवादीको जारी पोलिटब्युरो बैठकले विकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको  विज्ञप्तिमा उल्ल्ेख छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।