काठमाडौं १५ । सूचना तथा सञ्चार मन्त्रालयले आर्थिक बर्ष २०७०/७१ को अनुदान रकम अन्ययपूर्ण, भेदभाव र पक्षपातपूर्ण ढंगले संञ्चार संस्थालाई वितरण गरेको भन्दै घोर आपत्ति प्रकट गरेका छन् ।

विहीबार काठमाडौमा क्रियाशिल मिडिया क्लवहरुको संंयुक्त बैठकले सो निर्णय गरेको हो । संचारमन्त्री मिनेन्द्र रिजालको तोकादेशमा सो रकम
पक्षपातपूर्ण ढंगबाट वितरण गरेको भन्दै ति मिडिया क्लबहरुले आपत्ति जनाएका छन् ।

बैठकमा संवाद डबली, मिडिया इन्टरनेश्नल, संवाल क्वलम नेपाल, जनसंचार अभियान, बोष्टर मिडिया क्लबको सहभागीता थियो ।
बैठकले अनुदान रकम समान रुपमा वितरण गरिनुपर्ने माग पनि गरेको छ । अनुदान रकम अन्यन्तै न्यून रहेको भन्दै बृद्धि गर्न माग पनि गरेको छ । मिडिया क्वलका समस्या समाधानको लागि संयुक्त र संस्थागत रुपमा पहल गर्ने निर्णय पनि गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।