दिप बहादुर घर्ति
 जाजरकोट १५ साउन । नेपाल पत्रकार महासंघ जाजरकोट शाखाले आफ्नै भवनम झण्डै  दुइ हप्ता अगाडी देखि स्थापना गरेको कार्यालय टेलिफोन विहीन  भएको  छ । नेपाल टेलिकम जाजरकोट शाखाले टेलिफोनको प्वान्ट सार्न नसकेपछि कार्यालय टेलिपोन विहीन भएको हो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखाले ०८९४३००२८ नंम्वर रहेको आफ्नो टेलिफोन लाईनको सम्पूर्ण महसुल गत असार ३१ गते नै भुत्तानी गरिसकेको छ । पुरानो भाडाको घरमा रहेको कार्यालयको टेलिफोन लाईनको प्वाईन्ट नयाँ आफ्नै घरमा सरेको भण्डै दुई हप्ता विती सक्दा पनि नेपाल टेलिकम शाखाले उपलव्ध गराउन सकिरहेको छैन ।

टेलिफोन लाईन विस्तार नभै पुरानै टेलिफोन लाईन सार्नलाई कुनै समस्या नपर्ने लाईन सार्नमा नेपाल टेलिकम शाखा कार्याल उदासिन रहेको नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष जनक के.सी. ले वताए । उनले  पत्रकारहरुको संस्थागत विकास गर्नका लागि स्थापना गरिएको सञ्चार केन्द्र नै टेलिफोन विहीन भएपछि जिल्ला भित्र र जिल्ला वाहीर सुचना सञ्चारलाई प्रवाह गर्न निकै कठीन भएको उल्लेख गरे । अध्यक्ष के.सी. ले टेलिफोन लाईन नै प्रयोग नगरि मासिक शुल्क तिर्नु पर्ने स्थिती आएको वताए  ।

पुरानो टेलिफोन लाईनलाई अर्को नयाँ ठाउँमा सार्नलाई त्यहाँका कुनै न कुनै उपभोत्ताले टेलिफोन लाईन अर्को ठाउँमा सारी त्यस क्षेत्रको प्वाईन्ट खाली हुनु पर्ने नेपाल टेलिकम जाजरकोट शाखाका प्रमुख हरिजंग शाहले वताए । प्रमुख शाहले त्यस क्षेत्रको प्वाईन्ट कोही कसैले खाली नगर्दा सम्म उक्त टेलिफोन लाईन  सार्न नमिल्ने वताए ।  नेपाल टेलिकमले सामान्य रुपमा  टेलिफोन लाइन वितरण गर्न  लाइन विस्तार गर्न सक्ने भएपनि  कार्यालय प्रमुखले चासो नदिएका कारण समस्या परेको टेलिकमका एक कर्मचारीले  नाम उल्लेख नगर्ने  सर्तमा वताए । उनले हाकिमले पहल नै गर्दैनन हामीले केहि गर्न  नसकिने वताए ।

सुचना र सञ्चारका लागी स्थापना गरिएको सुचना केन्द्रनै लामो समय सम्म सुचनाको मुख्य साधन टेलिफोन विहीन भए पछि जिल्लाका धेरै सञ्चारकर्मीहरुले अचम्म मानिरहेका छन ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।