सङ्खुवासभा, १३ साउन । माम्लिङ, तामाफोक र आँखीभुईं गाविसको सिमानामा रहेको एक हजार ५०० रोपनी जग्गा सगरमाथा टि स्टेट कम्पनीले चिया बगान नलगाई सहर बसाउने भएपछि अख्तियारको आँखा सगरमाथा टि स्टेटमा परेको छ ।

विसं २०५५ मा दर्ता गरिएको यो कम्पनीले चिया बगान लगाउने उद्देश्यका साथ सञ्चालक सुरज काफ्लेले ऋण बैंकबाट लिएपनि चिया बगान नलगाई बसेको र उनलाई आर्थिक सङ्कट भएपछि तीन वर्षअघि तीन जना मिली कम्पनी सञ्चालन गर्ने भन्दै चियाखेतीका लागि जग्गा लिएका थिए । शिवप्रसाद घिमिरे, उमेश श्रेष्ठ र वसन्त कुँवरले सो जग्गामा चियाखेती गर्नुका साटो डोजर लगाएर २०० बढी घडेरी प्लटिङ गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आँखा त्यहाँ परेको हो ।

अहिले जिल्ला प्रशासन कार्यालय सङ्खुवासभालाई समेत सो उजुरीको जानकारी दिँदै आयोग यस मामिलामा अनुसन्धान गर्न लागिपरेको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।