दिप बहादुर घर्ति
जाजरकोट १२ साउन । सदरमुकाम खलंगामा सामान्य विवाद हुदा भतिज नाता पर्ने एक युवकले तेजाव खन्याउदा अर्का युवा गम्भीर घाइते भएका छन् ।
जाजरकोट १२ साउन । सदरमुकाम खलंगामा सामान्य विवाद हुदा भतिज नाता पर्ने एक युवकले तेजाव खन्याउदा अर्का युवा गम्भीर घाइते भएका छन् ।
आइतवार साँझ साढे सात वजे खलंगा २ ठाँटीवजार स्थित सिमलगैरी वजारमा अर्जुन सुनारले तेजाव खन्याउदा उनका काका पर्ने जगत सुनार .गम्भीर घाइते भएका हुन् । सुनारको अवस्था चिन्ताजनक देखिए पछि उपचारको लागि सोमबार नै उपचारका लागि हेलिकप्टरद्धारा काठमाण्डौ लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अर्जुन सुनारले खन्याएको तेजाव परि जगत संगै अन्य दुइ जना समेत सामान्य घाइते भएका छन् । खलंगा २ स्यालाका दुर्व युवाहरु विच आइतवार विहान सामान्य विवादमा झडप भएको थियो । झडपका क्रममा जगतले अर्जुनलाइ पिट्दा उनको टाउँकोमा चोट लागेको थियो ।
विहानको झगडाको विषयलाइ लिएर अर्जुनले स्थानीय दुर्गा वहादुर श्रेष्ठको पसलमा कुरा गरिरहेको वेला एक्कासी वाहिरवाट आएर जगतको मुहारमा तेजाव खन्याउदा जगतको आँखा, मुख, निधार र छाती जलेको छ भने दुर्गावहादुर श्रेष्ठको ढाँड आँखा, र छातीमा तेजावले असर गरेको छ । त्यस्तै नजिकै रहेका नायकवाडा ८ का रामवहादुर नेपालीको दुवै आँखामा तेजाव परेर सेतो भएको प्रत्यक्ष दर्शी गणेश वुढाले वताए ।
उनले तेजावको असरले वरीपरीको वातावरण आधा घण्टा सम्म धुवामय भएको वताए । त्यस्तै दुर्गाकी श्रीमति रमिता श्रेष्ठको टाउँकोमा समेत तेजाव परेको छ । उनकी दुइ वर्षीया छोरी शिखा श्रेष्ठलाइ पनि असर गरेको छ ।
तेजावले दुर्गाको पसलमा रहेका सोलारका पाता र अन्य व्यार्टीहरु समेत जलेका छन् र तेजाव खन्याए पछि अर्जुन फरार भएको र उनको प्रहरीले व्यापक खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपी चक्रवहादुर सिंहले वताए । घाइतेहरु सवैको चार जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ भने गम्भीर घाइते भएका जगत सुनार र रामवहादुर नेपालीलाइ नेपालगन्ज रिफर गरिएको छ ।
Comments