मनिला, ११ साउन । फिलिपिन्सको जनसङ्ख्या आइतबार १० करोड पुगेको त्यहाँको जनसङ्ख्या अधिकारीहरूले जनाएका छन् । आइतबार बिहान सबेरै एक बालिकाको जन्मपछि त्यहाँको जनसङ्ख्या १० करोड पुगेको फिलिपिन्स तथ्याङ्क विभागका अधिकारीहरूले जानकारी दिएका छन् ।
जेनालिन सेन्टीयो नाम दिइएको ती बालिकालाई दश करोडौं बच्चा भन्ने संज्ञाको दिइएको छ फिलिपिन्समा प्रत्येक मिनेटमा तीन जना बच्चाहरूको जन्म हुने गरेको जनाइएको छ ।
विश्वको तुलनामा फिलिपिन्स जनसङ्ख्याको हिसाबबाट १२ औँ स्थानमा पर्दछ । संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए) का अनुसार फिलिपिन्समा १० प्रतिशत १५ देखि १९ वर्षका युवती गर्भवती हुने गर्दछ ।
त्यसैगरी फिलिपिन्सको जनसङ्ख्याको ५४ प्रतिशत व्यक्ति २५ वर्ष भन्दा मुनीका रहेका पनि युएनएफपीएले जनाएको छ । एजेन्सी