इटहरी, १० साउन । खम्बूवान राष्ट्रिय मोर्चाका सुनसरी जिल्ला इन्चार्ज शिखर राई खम्बूलाई ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
खम्बूलाई इलाका प्रहरी कार्यालय धरानले ठगी गरेको रु ५० हजार नगदसहित धरान–१९ बाट पक्राउ गरेका हो ।
धरान–१७ बस्ने किशोरकुमार राईले श्रीमती आशा सुनुवारलाई कुटपिट गरेको आरोपमा किशोरलाई प्रहरीले सार्वजानिक अपराध ऐनअन्र्तगत कारबाही प्रक्रिया अगाडि बढाइरहेको र किशोरलाई रिहाइ गर्न भन्दै रु ६० हजार चाहिन्छ नत्र भाइ जेल जान्छ भनी किशोरका दिदीलाई झुक्याएर रु ५० हजार लिँदै गर्दा उनी पक्राउ परेका हुन् ।
झै–झगडा मिलाइ दिने बहानामा धरानमा थुप्रै ठगीका घटना भइरहेकाले यस्ता घट्नाको निगारानी गर्ने क्रममा खम्बू पक्राउ परेका हुन् ।
यसअघि पनि विभिन्न काण्डमा मुछिदै आएका खम्बूलाई मुलुकी ऐन ठगीको महलअन्तर्गत कारबाही हुने इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब उपरीक्षक सन्जयसिंह थापाले बताए ।