काठमाडौँ, २ साउन । सभामुख सुवाचन्द्र नेम्बाङले सांसदहरूलाई विषयवस्तुबाट नबहकिन र संसदीय प्रक्रियाको हेक्का राख्न आग्रह गर्नुभएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा शून्य समयको कारबाही जारी रहँदा केही सांसदले पटकपटक हात उठाउने र केहीले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउन उपलब्ध गराइएको उक्त समयको ख्याल नगरी बजेट र विनियोजन विधेयकका विविध विषयमा अभिव्यक्ति दिएपछि सभामुखले त्यस्तो आग्रह गरेका हुन् ।

“पटकपटक हात किन उठाएको ? शून्य समयको प्रक्रिया जारी हुँदा नियमापत्ति गर्न पाइन्छ, प्रक्रियागत रुपमा नाम लेखाएपछि घरिघरि हात उठाउन पाइँदैन” – सभामुखले ती सांसदलाई सदनको कारबाहीबारे स्मरण गराउँदै भने ।

त्यस्तै, सूर्यप्रकाश बालाराईले विशेष समयमा लिखित मन्तव्य व्यक्त गर्ने क्रममा ‘मेरा कुरा ओझेलमा परे’ भनेपछि सभामुखले बोल्न समय पाइरहेको व्यक्तिले नबोलेर किन असान्दर्भिक अभिव्यक्ति दिएको भन्दै सांसद राईको ओझेलमा प¥यो भन्ने वाक्यांश ‘रेकर्ड’बाट हटाउन संसद् सचिवालयका कर्मचारीलाई निर्देशन दिएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।