प्युठान, २ साउन । उत्तरी प्युठानको खवाङ–२ मौरीबाङमा श्रीमान्ले श्रीमतीलाई मरणासन्न हुने गरी कुटपिट गरेपछि आफैंले आत्महत्या गरेका छन् ।
एक्काइस वर्षीय धनबहादुर सुनारले अन्दाजी १८ वर्षीया श्रीमती सुमित्रा सुनारलाई मरणासन्न हुने गरी कुटपिट गरेपछि आफैँ आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
श्रीमतीको दुवै आँखामा गम्भीर चोट लागेको छ । इलाका प्रहरी कार्यालय बाहानेबाट गएको प्रहरी टोलीले श्रीमान्को शव परीक्षणका लागि जिल्ला अस्पताल बिजुवार पठाएको छ । घाइते श्रीमती सुमित्राको आर्थिक अभावमा हालसम्म उपचार हुन सकेको छैन ।