जिल्लावाट साढे पाँच करोड रकम फिर्ता

दिप बहादुर घर्ति
 जाजरकोट १ श्रावन । जिल्लामा भौतिकपूर्वाधार विकास लगाएत विभिन्न  कार्यक्रम गर्नका लागि आएको   साढे पाँच करोड रकम जिल्लावाट फिर्ता  भएको छ । गत आवमा निर्धारित कार्यक्रम अनुसार  छुटिएकोे वजेट अनुसार काम हुन नसकेपछि रकम फिर्ता भएको हो ।

जिल्ला विकास समिति र अन्तरगतका विभिन्न  कार्यक्रमहरुको   ५ करोड ४२ लाख  ७९ हजार ९ सय ८९  रुपैया रकम काम हुन नसकेर फिर्ता भएको जिल्ला विकास समिति जाजरकोटका योजना अनुगमन तथा प्रशासकीय अधिकृत कुलवहादुर जिसीले वताए ।  उनले  समयमा वजेटको अख्तियारी नआउनु, उपभोक्ता र ठेकेदारले  इमान्दारीता पुर्वक समयमै काम नगर्नु र  अन्य समस्याका कारण यति ठुलो मात्रामा रकम फिर्ता गएको वताए । 

अधिकृत जिसीका अनुसार  गत आवमा जिल्ला विकास समितिको  १ करोड १९ लाख ३४ हजार  ९ सय ५०, नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको  २३ लाख ६० हजार  ६ सय ५९,  विकेन्द्रीत ग्रामीण पुर्वाधार विकास तथा जीवीकोपार्जन  सुधार कार्यक्रमको ३ करोड ७७ लाख ५० हजार  ३ सय ६०, स्थानीय शासन तथा  सामुदायिक विकास कार्यक्रमको ८ लाख ३९ हजार २० र  सामाजिक सुरक्षाको  १३ लाख ९५ हजार रुपैया रकम फिर्ता गएको  छ । योजना तथा कार्यक्रम कार्यान्वयनका क्रममा सरोकारवालाहरुको लापरवाहिका कारण  जिल्लाको विकासका लागि आएको ठुलो रकम फिर्ता गएको  हो ।

जिल्लामा भौतिक पुर्वाधार तथा जनताको जीवनस्तर  सुधारका लागि आएको रकम  फिर्ता जानुमा सरकारी कर्मचारी  र स्थानीय  उपभोक्ताहरु वढी जिम्मेवार रहेको पत्रकार राजेन्द्र कार्की वताउछन् । गाउँमा  विकासका लागि योगदान दिने भन्दा पनि कसरी कमाउने भन्ने सोच भएका कारण सरकारले छुटयाएको रकम सदुपयोग हुने नसक्ने गरेको  पत्रकार कार्कीको भनाइ  छ ।

समयमा  मन्त्रालयले अख्तियारी नदिने र आर्थिक वर्ष  सकिने  अन्तिम वेला सम्म पनि   वजेटको अख्तियारी आउने गरेका कारण  काम  हुन नसकेर  वजेट  वाध्यतावस फिर्ता हुने गरेको  स्थानीय विकास अधिकारी कृष्ण प्रशाद पाण्डेको भनाइ  छ । अधिकारी पाण्डेले आर्थिक वर्ष सुरु हुने साउन देखि  अन्त्य हुने  असार सम्म पनि अख्तियारी आइरहने गरेको  वताए ।  विशेष गरि पुल, सडक तथा  निर्वाचन क्षेत्र विकास कार्यक्रम र  सामाजिक सुरक्षाको  रकम काम नहुने र  सदुपयोग हुन नसकेको  श्रोतको भनाइ  छ ।

गाउँमा कामै नभएपनि  भुक्तानी माग्ने  उपभोक्ता र ठेकेदार तथा त्यहि निहुमा कमीसन माग्ने सरकारी कर्मचारी र प्राविधिकका कारण  विकास वजेटमा  ठुलो दुरुपयोग हुने गरेको स्थानीय अगुवा इमाश्वर देवकोटा वताउछन् । कागजमा विकास भएको देखाउने तर  गाउँमा विकासको रुप नदेखिने प्रवृत्तिले वजेटको सदुपयोग नभएको प्रष्टिएको देवकोटाकोे भनाइ छ ।

भर्खरै जिल्लामा आएका स्थानीय विकास अधिकारी पाण्डेले अव आफनो कार्यकालमा जिल्लामा वजेट दुरुपयोग तथा अन्य समस्याको  समाधानका लागि   कडाइका साथ प्रस्तुत हुने वताउछन् । 

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।