असार ३१ । पूर्वयुवराज पारस शाह पुनः थाईल्याण्डमा पक्राउ परेका छन् । उनी त्यहाँ दुई पोका गाँजासहित पक्राउ परेका हुन् ।
राजधानी बैंककका बस्दै आएका उनलाई दुई पोकोमा रहेको १२.६ ग्राम गाँजासहित सुकुम्वितस्थित होटल डेभिसबाट प्रहरीले पक्राउ गरेको हो ।
दूतावासले पक्राउ बारे पूर्ण जानकारी परराष्ट्र मन्त्रालयलाई दिएको जनाएको छ ।
यसअघि पनि उनी थाइलेण्डमा होटल तोडफोड गरेको अभियोगमा पक्राउ परेका थिए ।
Comments







