असार ३० । एमालेको अध्यक्षसहित नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मत गणना अनुसार माधव कुमार नेपालले अध्यक्षमा पदमा केपी शर्मा ओलीलाई उछिनेका छन् । उनीसँग १३ जना नेपाल समूहका मतगणनामा अगाडी छन् ।

पछिल्लो परिणाम अनुसार माधव नेपाल ६४४ मतका साथ अगाडी छन् भने केपी ओलीले ५९६ ल्याएका छन् । ओली पक्षका सचिव पदका उम्मेदवार प्रदीप ज्ञवालीबाहेक अन्य सबै पछि परेका छन् ।

यसअघि भने ओली समूहले अग्रता लिएको थियो ।

यसैबीच, नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना अनुसार पदाधिकारीको मत गन्न केही समय स्थगित गरिएको छ ।

केन्द्रीय सदस्यको पनि सँगसँगै गनेर अगाडि लैजाने भन्दै निर्वाचन आयोगले पदाधिकारीको मत गणना स्थगन गरेको हो। एकै पटक पदाधिकारी र केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक गर्नुपर्ने भएकोले केही समय मत गणाना स्थगित गरिएको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।