विश्वकप फाइनलको सुरक्षाका लागि २६ हजार सुरक्षाकर्मी

रियो डे जेनेरियो, २७ असार । ब्राजिलको माराकाना स्टेडियममा आइतबार हुन गइरहेको विश्वकप फुटबलको फाइनल खेलको लागि ब्राजिल सरकारले २६ हजार सुरक्षाबल तैनाथ गर्ने भएको छ ।
प्रहरी, सैनिक र निजी गार्डहरु गरेर २६ हजारको सङ्ख्यामा सुरक्षाबल तैनाथ गरिने ब्राजिल सरकारद्धारा बिहीबार राति प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

सो घोषणा सरकारी अधिकारीहरु र विश्वकप सञ्चालन गर्ने प्रमुख संस्था एफआइएफएका प्रतिनिधिहरुले गरेका हुन ।

ब्राजिल सरकारले सार्वजनिक सुरक्षाको लागि यो व्यवस्था गरिएको र सुरुदेखि नै ब्राजिल सरकार सुरक्षाको व्यवस्था मिलाउँदै आएको ब्राजिलका न्याय मन्त्री जोसे इडुआर्डो क्यार्डोजोले बताउनु भएको छ ।

विश्वकफ फुटबलको सुरुदेखि हालसम्म ब्राजिलले करिब एक लाख प्रहरी र ५० हजार सैनिक तैनाथ गरेको बताएको छ ।

  विश्वकफ फुटबलको यस खेलमा सुरक्षाको लागि मात्र ब्राजिल सरकारले ८० करोड अमेरिकी डलर बरबर खर्च गरको जनाइएको छ ।

विश्वकफ फुटबलको अन्तिम चरणको (फाइनल) खेल अर्जेन्टिना र जर्मनीबीच स्थानीय समयानुसार आगामी आइतबार साँझ ५ बजे हुने जनाइएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।