दिप बहादुर घर्ति
जाजरकोट २६ असार । जिल्लामा विगत द्धन्दको लडाईमा गोली लागि घाईते भएका १ दर्जन भन्दा बढी अपाङ्गहरुको शान्ति प्रक्रियाको अवस्थामा जीवन निर्वाहको समस्या आईपरेको छ । औषधी उपचार नपाएपछि घाईतेहरुको जीवन निर्वाहमा समस्या आईपरेको हो ।
जाजरकोट २६ असार । जिल्लामा विगत द्धन्दको लडाईमा गोली लागि घाईते भएका १ दर्जन भन्दा बढी अपाङ्गहरुको शान्ति प्रक्रियाको अवस्थामा जीवन निर्वाहको समस्या आईपरेको छ । औषधी उपचार नपाएपछि घाईतेहरुको जीवन निर्वाहमा समस्या आईपरेको हो ।
विगत लडाईका विभिन्न मोर्चामा सामेल भएर गोलीलागि हाल सम्म उपचार नपाएर शारिर भित्रै गोली भएका जिल्लामा दर्जनौ घाईते अपाङ्गहरु छन । युद्धमा पर्योग भएका हतियारको गोली शरिरको मासु र हड्डीमा जमेर बसेका घाईतेहरुको चितकारपूर्ण पिडा बेग्लै खाल्को छ । घाईतेहरुको लडाईका अनुभवलाई सुन्दा अरुलाई डरलाग्दो कथा भएर आउछ । साथै अपाङ्गताहरुको पिडायुक्त जीवनलाई देख्दा संवेदना र आक्रोशहरु ब्यक्त हुने गरेका छन ।
शरिर भित्रै गोली भएर हाल सम्म कुनै उपचार पाउन नसकेकाहरुमा गर्खाकोट–९ का वीरबहादुर रावत (सौगात), रग्दा–२ का हिमाल वि.क., रग्दा –४ का विष्णु पुन र पहल बहादुर रावत, डाडाागाउँ–१ का हुर्मत वि.क. र दयाराम वि.क.,डाडाँगाउँ–२ का कल्स बहादुर कामी (खम्वु), डाडाँगाउँ–५ का गगने परियार र जगतिपुरकी गिता मल्ल लगाएतका जिल्ला भरि १ दर्जन भन्दा बढी घाईतेहरु रहेका छन ।
शरिरमा गोली भएका घाईतेहरुको अवस्था निकै कम्जोर बन्दै गईरहेको छ । उपचार नपाउदा कसैको छातीमा, कसैको हातमा, कसैको खुट्टामा त कसैको खुट्टाको हिपमा गोलीहरु रहेका छन ।
आर्थिक श्रोत कम्जोर भएका शरिरमा गोली भएका घाईते कल्सबहादुर कामीले जीवन निर्वाहका लागी अर्काको काम गर्नु पर्छ । उनीले दैनिक ३ सय रुपैया ज्यालामा अर्काको नियमित रुपमा घरको देवाल लगाउने, दार चिरान गर्ने काम गरिरहेको वताए । अर्काको काम नगरि बाध्य छ किनकीे घरमा बर्षमा ३ महिना मात्र खाना पुग्छ बाँकी ९ महिना रासन खरिद गरेर खानु पर्छ कामीले भने ।
कल्सबहादुर घाईते हुदाको अवस्थालाई स्मरण गर्दै आफुलाई २०५७ सालको मंसिर महिनामा सुर्खेत खानीखोला गाविसको चोल्पामा प्रहीरी संग दोहोरो भिडन्त हुदा प्रहरीले चलाएको म्याग्नमको गोली वायाँ खुट्टाको हिपमा लागेर हाल सम्म आफ्नो हिपमै गोली रहेको चर्चा गरे । त्यतिवेला आफु नेकपा ( माओवादी) ले गठन गरेको स्क्वार्ड साहयक कमाण्डर भएको उल्लेख गरे । उनीले आफ्नो शरिर भित्र गोली रहेको पिडालाई हिजो जुन आदर्शको कुरा गरेर जुन सपना बाँढेर आफुलाई युद्धमा लगाईयो त्यो अनुसारको काम गर्न नसकेकोमा नेताहरुप प्रति दिक्दारी ब्यक्त गरे । साथै उनीले यो पिडा आफु संग मात्र नभएर जिल्लाका दर्जनौ साथीहरुमा भएको हुदा घाईतेहरुको उपचार नगर्ने सरकार प्रति गुनासो गरे ।
(२०५७ साल मंसिरमा सुर्खेत खानीखोलाको चोल्पामा प्रहरी भिडन्तमा प्रहरीको म्याग्नम गोली लागेको वाँया खुट्टाको हिप जहा गेाली हाल भित्रै छ गोली लागेको घाउँको टाटो । तस्वीरः– दिप बहादुर घर्ति)
स्थायी शान्ति प्रक्रियाको एक मुख्य भागका रुपमा रहेको घाईतेहरुको उपचार र जीवन निर्वाह भत्ताको ब्यबस्था राज्यले गर्नु पर्ने भएता पनि यस तर्फ राज्यको कुनै ध्यान जान सकिरहेको छैन । राज्यले देशमा स्थायी शान्ति कायम भैसकेको भनेता पनि विगत युद्धका घाईते,अपाङ्ग, मृतक परिवार र वेपत्ता परिवारहरुलाई उचित सम्मान र उचित सम्वोधन गर्न नसके देशको शान्ति अशान्तिमा बदलिन सक्ने सम्भावना तिर्व वन्दै गईरहेको छ ।
Comments