पर्यटकिय पदमार्ग निर्माण

हेलोखबर सम्वाददाता
 जाजरकोट २४ असार । पर्यटन मन्त्रालयको लगानीमा बारेकोटको ठाकुरजी लेक स्थित प्रशिद्ध साईकुमारी तिर्थस्थल पुग्ने पर्यटकिय पदमार्ग निर्माण गरेकोछ ।

नायकवाडा– २, जिरी स्थित चार हजार २ सय मिटर उचाईको वुकीपाटनमा अवस्थित उक्त मन्दिरमा साउन र भदौ पुर्णिमामा जुम्ला, रुकुम, जाजरकोट, कालिकोट र डोल्पाका धामीझा“क्री हरु पुग्ने गर्छन् ।  उक्त मन्दिर वरपरको भु भागमा सुंगुर दह, कुकुर दह, शंख दह, विष्ट दह लगायतका  एक दर्जन ताल तथा कुण्ड रहेका छन् ।

मन्त्रालयले नायकवाडा २ दह वाट उक्त मन्दिर सम्म करिव नौ लाखको लागतमा करिव ५ किलोमिटर पर्यटकिय पदमार्ग निर्माण गरेको निर्माण जिम्मा लिएको स्थानीय संस्था बारेकोट पर्यावरण तथा एकीकृत विकास अभियानका अध्यक्ष श्रमवहादुर सिंहले वताए । उक्त पदमार्ग निर्माण भए पछि तिर्थालु भत्तलजनहरु लाई साई कुमारी मन्दिर र ताल तथा कुण्डहरुमा स्नान गर्न जान सहज हुनेछ ।
(तस्वीर: श्रमवहादुर सिंह)

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।