दिप बहादुर घर्ति
 जाजरकोट २४ असार । पानीको अभावले गर्दा जिल्लाको एक स्वास्थ्यचौकीको बर्थिङ्गसेन्टरको डेलीभरी कक्ष हेर्न नै नसकिने खालको दुर्गन्धित अवस्थामा रहेको छ । जिल्ला पशु सेवा कार्यालयले संचालन गरेको कृषि तथा खाद्य सुरक्षा कार्यक्रम अनुगमन गर्न  जिल्लावाट गएको अनुगमन टोलीले दुर्गन्धित अबस्थामा रहेको बर्थिङ्गसेन्टरको डेलीभरी कक्ष पत्ता लगाएको हो ।

सदरमुकाम संगै जोडिएको गाविस जगतिपुरको ९ कुदूमा रहेको स्वास्थ्यचौकीको बर्थिङ्गसेन्टरको डेलीभरी कक्षमा सुत्केरीहरुको जमेर रहेका रगतका फाल्साहरु र त्यहा भित्रको फोहर मैलाले हेर्न नसक्ने अबस्थामा रहेको छ । चारै तिरको दृष्य दुरगन्धित मात्र रहेको छ ।

सुरक्षित मातृत्व र शिसु मृत्यू दर कम गर्ने नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अनुसार स्थापना गरिएको बर्थिङ्गसेन्टर नै यति धेरै दुर्गन्धित भएपछि आमा र बच्चा दुबैलाई कुनै न कुनै प्रकोपको संक्रमण हुन सक्ने अवस्था रहेको छ । साथै यस्तो खालको अवस्थामा उक्त बर्थिङ्गसेन्टरको डेलीभरी कक्षमा बच्चा जन्माउन आएमा कुनै पनि प्रकोपको संक्रमण हुन सक्ने र आमा र बच्चालाई नै झन खतरा हुन सक्ने अवस्था देखिएको छ ।

मुख्य सडक संगै जोडिएको कम्पाउड भित्र वाहिर वाट हेर्दा चिटिक्क देखिने स्वास्थ्य चौकीका भवन छन् । लाखौं खर्चियर निर्माण गरिएको शौचालय छ, तर पानीकै अभावमा शौचालय पनि निकै्र दुर्गन्धित भएकोले ‘शौचालय जाने वाटो ’लेखिएको भित्तामा कसैले न थपेर ‘नजाटे वाटो’  वनाएकोछ । संगै जोडिएको अर्को भवनलाई सुत्केरी कक्षमा परिणत गरिएकोछ ।

एक जना करारमा नियुक्त अ.न.मी. कौसिला वटाला छिन् । स्वास्थ्यचौकी ईन्चार्ज खेमवहादुर पुन र अन्य २ जना कार्यालय सहयोगी दैनिक कार्यालय समयमा पनि मदिरा पिएर टुन्न परेर आउने, कहिलै अलि वढी पिएको दिनमा आउदैं नआउने चलन भएकोले गाउंलेहरु तिनै जना वाट आजित भएका छन् । सुर्खेत, नेपालगञ्जवाट जाजरकोट सदरमुकाम पुग्नु अगावै जगतीपुर–९ कुदु स्थित स्वास्थ्यचौकीको ताजा स्थिती हो ।

मदिरासेवन गरेर काम नगर्ने स्वास्थ्यचौकी ईन्चार्ज लाई गाउंलेहरुले डोरीले वांधेर प्रहरी मार्फत जिल्ला स्वास्थ्य कार्यालयमा वुझाउदा पनि सरुवा नगरे पछि दैनिक स्वास्थ्यचौकीमा उपचार हैन हल्ला मात्रै हुने गर्छ कुदु निवासी पुर्व जिविस सदस्य भक्तवहादुर वटालाले वताए । वटाला लगायत स्थानीय राजनैतिक दलका प्रतिनिधीहरुले धेरै पहिले देखि जिल्लामा रहेका कार्यालय प्रमुखहरु संग सामुहिक रुपमा स्वास्थ्यचौकी ईन्चार्जको दरवन्दीनै खारेजी वा सरुवा गरिनु पर्ने र खानेपानीको व्यशस्था गरिनु पर्ने माग राखे । जिल्ला स्वास्थ्य कार्यालय प्रमुखहरुले सरुवा वा अरु कुनै उपाय अपनाईने वताएर स्थानीयवासी लाई सान्त्वना दिए ।

छिमेकी गाविस पुन्मा, भुर, सहितका महिलाहरु सुत्केरी हुन  दैनिक २ देखी ५ जना सम्म आउने गर्छन्, तर पानी र स्वास्थ्यकर्मीको अभावले भने जस्तो सेवा सुविधा पनि दिन सकिदैन र पानीको अभावले सुत्केरी कक्षको फोहर मैला सरसफाई पनि गर्न सकिन्न् करार नियुक्तमा रहेकी अनमी कौशिला वटाला वताउछिन । स्वास्थ्य ईन्जार्ज सहित सवै स्टाफ मदिरासेवन गरेर आएको दिनमा सेवाग्राही लाई सेवा सुविधा र सरसफाई हैन विरामी भन्दा तमासा हेर्न आउनेको भिड हुन्छ स्वास्थ्यचौकी नजिकैका प्रल्हाद गिरी वताउछन । 
स्वास्थ्यचौकीमा दैनिक हुने तमासाले सामान्य उपचार गर्न आएका विरामी भेरी नदी तरेर पारीको छिमेकी जिल्ला रुकुम चौरजहारीमा रहेको मिशन अस्पताल जान वाध्य हुन्छन् ।

स्वास्थ्यचौकीमा आउने औषधीको परिणाम पनि निकै कम छ । एक वर्षमा आउने निशुल्क औषधी एक महिना पुग्दैन ।  कुदू फाँटमा रहेका जगतिपुर गाविसका वडा नंन ७, ८ र ९ सम्पूर्ण स्थानिय वासीले खानेपानीको व्यबस्था हुन नसक्दा गाउं नजिकैको भेरी नदीको पानी वाहै्र महिना प्रयोग गर्छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।