असार २३ । नेकपा एमालेको नयाँ अध्यक्ष हत्याउन नेताहरु दौडधुपका साथै प्रतिनिधि फकाउनमा व्यस्त देखिएका छन् ।

समूहगत छलफलका लागि टोली नेता चयन गर्न हिजो भएको निर्वाचनमा ओली पक्ष हावी भएपछि माधव नेपाल पक्ष पनि रणनीतिलाई तिब्रता बनाउँदै मैदानमा आउन थालेका छन् ।

निवर्तमान अध्यक्ष झलनाथ खनाल र माधव नेपालबीच हिजो भएको वार्तामा खनालले नेपाललाई सघाउने ग्रिन सिंगल दिएका थिए । खनालको ग्रिन सिंगलपछि केपी ओली पनि थप आक्रमक रणनीतिमा लाग्ने देखिएको छ ।

राजधानीमा जारी एमालेको नवौं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन नभएपछि चुनावबाट नै नेतृत्व चयन हुने भएको हो । जसका लागि नेपाल समूह र ओली समूह प्यानलसहित मैदानमा आउने भएका हुन् ।

महाधिवेशनको बन्द सत्रमा भने आजदेखि समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रम शुरु भएको छ । महाधिवेशनमा पेश भएका राजनीतिक, सांगठनिक लगायतका प्रतिवेदनहरुमाथि छलफलका लागि हिजो १९ वटा समूह बनाइएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।