पौष १९ काठमाडौँ
अस्ट्रियामा बस्दै आएका १२ वर्षीय गायक निप्पोन लामाले अंग्रेजी नयाँ वर्षको अवसर पारी आफ्नो पहिलो नेपाली गीत सार्वजनिक गरेका छन्। चर्चित अंग्रेजी गीतहरुलाई कभर गर्दै आएका लामाले यही जनवरी १ मा गीत ‘हे गर्ल‘ सार्वजनिक गरेका हुन् ।

म्युजिक भिडियोमा १२ वर्षीय गायक निप्पोनको गीत सुन्दै आएको फ्यानहरु र उनि प्रति रहेको लगावलाई प्रस्तुत गरिएको छ।राहुल प्रधान निर्देशित यस म्युजिक भिडियोलाई फोटो पत्रकार नबिन बाबु गुरुङले छायांकन गरेका हुन् भने सुप्रिम पराजुलीको सम्पादन रहेको छ।
यस गीतलाई उनकै बुबा तथा गायक शेखर च्यान लामाले लेखेका हुन्। शेखरका थुप्रै गीतहरु नेपाली सांगीतिक बजारमा चर्चित छन्।
जिनियस डिजिटलले प्रस्तुत गरेको यस म्युजिक भिडियो रिलिजको २ दिनमै धेरैको नजर परिसकेको छ भने सकरात्मक प्रतिक्रियाहरु पाइरहेको छ। 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।