काठमाडौँ, १९ असार । ब्राजिलमा भइरहेको विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनल चरण प्रवेशका लागि शीर्ष आठ टिम आमनेसामने हुने भएका छन् ।

भोलिदेखि सञ्चालन हुने बीसौँ संस्करणका क्वार्टरफाइनल खेलमा युरोपका चार, दक्षिण अमेरिकाका तीन तथा उत्तर अमेरिकाको एक टिमले सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा ब्राजिल, नेदरल्यान्डस्, फ्रान्स, जर्मनी, बेल्जियम, अर्जेन्टिना, कोलम्बिया र कोस्टारिकाले सेमिफाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्न लागेका हुन् । यी आठै टिम आ–आफ्नो समूहको समूह विजेता हुन् ।

ब्राजिल समूह ‘ए’, नेदरल्यान्डस् ‘बी’, फ्रान्स ‘ई’, जर्मनी ‘जी’, बेल्जियम ‘एच’, अर्जेन्टिना ‘एफ’, कोलम्बिया ‘सी’ र कोस्टारिका समूह ‘डी’को समूह विजेता टिम हुन् ।

पाँचपटकको विश्वकप विजेता ब्राजिलले अन्तिम १६ को खेलमा चिलीलाई ३–२ गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलको यात्रा तय ग¥यो भने जारी प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने टिम नेदरल्यान्डस्ले मेक्सिकोलाई २–१ गोलअन्तरले पाखा लगाउँदै क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो । जारी प्रतियोगितामा नेदरल्यान्डस्ले १२ गोल गरेको छ ।

त्यस्तै, एकपटक विश्वकप जितेको फ्रान्सले प्रिक्वार्टरफाइनल खेलमा नाइजेरियालाई २–० गोलले पछि पार्दै क्वार्टरफाइनमा प्रवेश गर्न सफल भयो ।

अट्ठाइस वर्षको लामो यात्रापछि बेल्जियम पहिलोपटक क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भयो । प्रिक्वार्टरफाइनलमा बेल्जियमले अमेरिकालाई २–१ गोलअन्तरले पराजित गर्दै २८ वर्षपछि पहिलोपटक क्वार्टरफाइनलमा प्रवेश गरेको हो । यसअघि सन् १९८६ मा भएको विश्वकपमा यो मुलुक क्वार्टरफाइनलमा पुगेको थियो ।

तीनपटकसम्म विश्वकप फुटबल प्रतियोगिताको उपाधि हासिल गरेको जर्मनीले अन्तिम १६ को खेलमा अल्जेरियालाई २–१ गोलअन्तरले हराउँदै क्वार्टरफाइनलको यात्रा तय ग¥यो ।

यस्तै, कोलम्बियाले उरुग्वेलाई २–० गोलले पराजित गर्दै क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षितमात्रै गरेन, उमेर समूहमा नयाँ कीर्तिमानसमेत कायम ग¥यो । गोलरक्षक फारयड मोन्ड्रागनले ४३ वर्षको उमेर समूहमा विश्वकप खेल्दै नयाँ कीर्तिमान कायम गरेका हुन् ।

यसअघि, सन् १९९४ मा भएको विश्वकपमा क्यामरुनका खेलाडी रोजर मिल्लाको नाममा रहेको कीर्तिमानलाई भङ्ग गर्दै गोलरक्षक मोन्ड्रागनले नयाँ कीर्तिमान कायम गरे । रोजरले ४२ वर्षको उमेरसम्म विश्वकप खेलेका थिए ।

यसैगरी, अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई १–० गोलले पाखा लगाउँदै अघिल्लो चरणमा प्रवेश ग¥यो । यसअघि अर्जेन्टिनाले विश्वकप फुटबल प्रतियोगितामा दुईपटक उपाधि उचालिसकेको छ । त्यस्तै कोस्टारिकाले ग्रीसलाई ५–३ गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित ग¥यो ।

प्रिक्वार्टरफाइनल खेलमा कोलम्बिया, फ्रान्स र नेदरल्यान्डस्ले खेलको निर्धारित समयमा जित हासिल गरेको थियो भने जर्मनी, बेल्जियम र अर्जेन्टिनाको टिमले खेलको अतिरिक्त समयमा आ–आफ्नो मुलुकलाई जित दिलाएका थिए ।

त्यस्तै, कोस्टारिका र ब्राजिलले भने टाइब्रेकरमा जित हासिल गरेका थिए । खेलको निर्धारित समय र थप अतिरिक्त समयसम्म पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

जारी प्रतियोगितामा जर्मनीका थोमस मुलर र स्विट्जरल्यान्डका हेर्डन साक्विरीबाहेक अन्य खेलाडीले ह्याट्रिक पूरा गर्न सकेका छैनन् । यस्तै कोलम्बियाका खेलाडी जेम्स रोड्रिगुएजले सर्वाधिक पाँच गोल गरेका छन् भने जर्मनीका थोमस मुलर, अर्जेन्टिनाका लियोनल मेसी तथा ब्राजिलमा नेयमारको नाममा समान चार÷चार गोल रहेको छ ।

त्यस्तै, फ्रान्सका करिब बेन्जेमा, नेदरल्यान्डस्का आर्जेन रोबिन र रोबिनभान पर्सीको नाममा समान तीन÷तीन गोल रहेको छ ।

भोलि शुक्रबारको पहिलो खेल बेलुका ८ः४५ बजे फ्रान्सले जर्मनीको सामना गर्नेछ भने दोस्रो खेल बिहान १ः४५ बजे ब्राजिल र कोलम्बिया आमनेसामने हुने छन् । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।