काठमाडौंमा घर भत्कँदा चारको ज्यान गयो, पाँच जना घाइते

असार १४ । काठमाडौंको लगनमा शनिबार घर भत्किँदा पुरिएर चार जनाको ज्यान गएको छ । घर भत्किएर अन्य पाँच जना घाइते भएका छन् ।

मृत्यु हुनेमा घर भत्काउने ठेकेदार पोतबहादुर पाण्डे, मजदुरहरु नुवाकोटका गणेश विक, धादिङ वैरेनीका विष्णु भण्डारी र खोटाङ धारापानीका भूपाल मगर रहेका छन् ।

प्रहरीका अनुसार पुरानो घर भत्काउने काम गरिहेका मजदुरहरु खाना खाने क्रममा पुगिएका हुन् । चार तले घर माथिबाट उत्काउन थालिएको थियो । भत्काइएको घरका इटा,माटो लगायतको भार दलिनले धान्न नसकेपछि भाँचिएको बताइएको छ ।

घरको भत्नावषेशले पुरिएका पाँच जनाको उद्धार पछि वीर अस्पतालमा उपचार भईरहेको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।