असार । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाललाई ट्वान्टी ट्वान्टी अन्तराष्ट्रिय स्तरको मान्यता दिएको छ ।
अस्ट्रेलियाको मेलबर्नमा भएको आईसीसीको बोर्ड बैठकले नेपाललाई अन्तराष्ट्रियको स्तर हैसियत दिने निर्णय गरेको हो। टीट्वान्टीका लागि मात्र अन्तराष्ट्रिय मान्यता प्रदान गरिएको यो पहिलो पटक हो।
आईसीसीले एसोसिएट सदस्यलाई एकदिवशीय अन्तराष्ट्रियको हैसियत प्रदान गर्ने गरेको थियो। एकदिवशीय अन्तराष्ट्रिय मान्यता पाउने एसोसिएटले स्वत टीट्वान्टी अन्तराष्ट्रियको हैसियत पाउने गरेका थिए। नेपालले एकदिवशीय अन्तराष्ट्रियको मान्यता पाउन सकेको थिएन।
तर गत विश्वकपमा शानदार प्रदर्शन गरेपछि नेपालसँगै अर्को एसोसिएट टोली नेदरल्यान्ड्सलाई ट्वान्टी ट्वान्टी अन्तराष्ट्रियको हैसियत प्रदान गरिएको छ। अब १० टेस्ट राष्ट्र, एकदिवशिय मान्यताप्राप्त ६ वटा एसोसिएट राष्ट्रसहित नेपाल र नेदरल्यान्ड्सले खेलेका टी ट्वान्टी खेलले अन्तराष्ट्रियको मान्यता पाउने छन्। यी टोलीहरूसँग नेपालले टी ट्वान्टी क्रिकेट खेल्ने सक्ने छ।