असार १२ । अमेरिकामा उपचाररत प्रधानमन्त्री सुशिल कोइरालालाई क्यान्सर भएको पुष्टि भएको छ ।
अमेरिकाको मेमोरियल स्वलोन केटरिङ कन्यान्सर सेन्टरमा स्वास्थ्य परीक्षण गरेपछि क्यान्सर भएको पुष्टि भएको हो ।
स्वास्थ्य परिक्षणको क्रममा अमेरिकामा संगै रहेका फोक्सो रोग विशेषज्ञ डा. करवीर नाथ योगीले उक्त कुराको पुष्टी गरेका हुन् ।
प्रधानमन्त्री कोइरालाको साथमा रहेका उनका निजी चिकित्सक डा कविरनाथ योगीलाई उधृत गर्दै संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगले निकालेको विज्ञप्तिमा प्रधानमन्त्री कोइरालालाई चिकित्सकहरुले रेडियोथेरापीको सिफारिस गरेको सुझाव दिएका छन् ।
भोलीदेखि कोइरालालाई रेडियो थेरापी उपचारका लागि तय गरिएको बताइएको छ ।
Comments