वीरगन्ज (पर्सा), ११ असार । पर्सा जिल्लामा पुनः एक महिला बोक्सीको आरोपमा निर्घात कुटिएकी छिन् ।

जिल्लाको मिर्जापुर –२ बस्ने रैफुल मियाँकी ४० वर्षीया श्रीमती सुशीला खातुनलाई बोक्सीको आरोपमा घरभित्रै थुनेर कुटपिट गरिएको उनका परिवारका सदस्यले बताएका छन् ।

आफूलाई भुलाई यादव भन्ने जोद्धा यादव, प्रमोद यादव, जयराम यादव र भोज यादवलगायतले बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको पीडित खानुतले बताइन् ।

कुटपिटबाट गम्भीर घाइते भएकी खातुनको नारायणी अस्पताल वीरगन्जमा उपचार भइरहेको छ । घटनामा संलग्नहरू फरार रहेका र उनीहरूको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय पोखरीया पर्साले बताएको छ ।

यसअघि पनि सोही ठाउँकी स्थानीय ३५ वर्षीया महिला सीता देवीमाथि कुटपिट भएको थियो । गत जेठ २ गते स्थानीय राधा साहसहितको टोलीले उनलाई कुटपिट गरेको थियो । कुटपिटमा संलग्न राधालाई पनि पर्सा प्रहरीले पक्राउ गरेको छ । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।