काठमाडौं १९ माघ ।
सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले तीन वर्षभित्रमा प्रत्येक जिल्लामा निःशुल्क कम्युटर शिक्षा पु¥याउने गरी काम गरिरहेको बताएका छन् । उनले अहिले विभिन्न १४ जिल्लामा त्यसको तयारी भइरहेको जानकारी समेत दिएका छन् ।
सरकार प्रवक्ता समेत रहेका मन्त्री बस्नेतले सरकारले सगरमाथा र अन्नपूर्ण हिमालमा वाईफाई निशुल्क बनाउने कार्य गरिरहेको समेत बताएका छन् । काठमाडौँको पशुपति र स्वयाम्भूलगायतका क्षेत्रलाई सरकारले वाइफाई फ्रि क्षेत्रको रूपमा अगाडि बढाएको जानकारी दिँदै उनले सगरमाथा र अन्नपूर्ण हिमालमा पनि वाईफाई फ्रि जोन घोषणा गर्न सरकार लागिरहेकाे उनले बताएका हुन् ।
इञ्जिनियरिङ अध्ययन संस्थान (पुल्चोक क्याम्पस) मा अध्ययनर विद्यार्थीहरुका संस्था लोकसद्वारा आज आयोजित ‘१५ औँ राष्ट्रिय प्राविधिक महोत्सव’ को उद्घाटन गर्दै मन्त्री बस्नेतले मुलुकमा प्रविधिको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको समेत बताएका छन् । उनले मुलुकको समग्र विकासका लागि सूचना, सञ्चार तथा प्रविधि विकासको आवश्यकता औँल्याए ।
“नेपालकै स्रोत साधन प्रयोग गरेर स्वदेशमै रोजगारीको सिर्जना गरी विदेश पलायन भएका युवालाई समेत मुलुकभित्र रोजगारीको सिर्जना गर्नुपर्छ”–उनले कार्यक्रममा भने ।
मन्त्री बस्नेतले मुलुकमा संविधान निर्माण भइरहेको सन्दर्भमा त्यसको कार्यान्वयनसँगै देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्नेमा समेत जोड दिए । अब कुनै पनि दल तथा नेताले याे या त्याे बहानामा जनतालाइ अल्मल्याउन नहुने भन्दै अब सबै देश विकासमा लाग्नुपर्नेमा उनले जाेड दिए ।
तीन दिनसम्म चल्ने सो महोत्सवमा इञ्जिनियरिङ र प्रविधिसँग सम्बन्धित करिब १५० स्टल राखिएको महोत्सवका संयोजक प्रसिद्ध कार्कीले जानकारी दिए । महोत्सबको हेलोखबर अनलाइन मिडिया पार्टनर समेत रहेको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।