बागलुङ, ८ असार । व्यावसायिक क्षेत्रको सुरक्षामा सघाउ पु¥याउन नेपाल सुनचाँदी व्यवसायी सङ्घ बागलुङले प्रहरीलाई साइकल प्रदान गरेको छ ।

सुनचाँदीलगायतका व्यावसायिक क्षेत्रको सुरक्षा प्रबन्धका लागि सहयोग पु¥याउने उद्देश्यले सङ्घको तर्फबाट सुनचाँदी व्यवसायीले करिब रु सात हजार बराबरको चार थान साइकल प्रदान गरेका हुन् ।

प्रहरी नायब उपरीक्षक प्रेमबहादुर बस्नेतले सुनचाँदी व्यवसायमा सुरक्षा चुनौती अन्यको भन्दा बढी हुने भएकाले साइकल गस्तीलाई थप बढाउने बताए ।

सङ्घका अध्यक्ष सुदेश राजभण्डारीले सुनचाँदीलगायत अन्य पेसा, व्यवसाय क्षेत्रको सुरक्षामा प्रहरी सहजता प्रदान गर्न साइकल प्रदान गरिएको बताए ।

यसअघि पनि प्रहरीलाई जिल्लामा रहेका बैंकहरूले साइकल प्रदान गरेका थिए । साइकल गस्तीबाट प्रहरीको उपस्थिति छिटो गराउन सकिने भएको हुँदा सुरक्षा निगरानी पनि बढेको प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।