यसरी बनिन् नेपाली चेली डीआईडी लिटिल मास्टर

असार । भारतीय टेलिभिजन च्यानल जी टिभीबाट प्रशारण भइरहेको रियालीटी सो डीआईडी लिटिल मास्टर्स ३ अन्तर्गत शनिबार रातीको फाइनल चरणबाट बुटवलकी बालिका तेरिया मगरले उपाधी हात पारिन् ।

अडिसन राउन्ड देखी नै अत्यन्त उत्कृष्ट नृत्य प्रस्तुत गर्दै आईरहेकी ११ वर्षीया तेरियाले १४ वर्षसम्मका ४० हजार प्रतिस्पर्धीलाई विभिन्न चरणमा पछि पार्दै आइन् । शनिबार राती भने उनले तीन जना फाइनलिस्टलाई पछि पार्दै उपाधि हात पार्न सफल भईन् ।

डीआईडी लिटिल मास्टर्सको फाइनलमा पुग्ने तेरिया नै पहिलो नेपाली तथा कम उमेरकी प्रतिस्पर्धी हुन्।

प्रतियोगिताको उपाधिसहित उनले १० लाख भारु पाइन् ।

बुटवलस्थित बागेश्वरी सङ्गीतालयमा विगत पाँच वर्षदेखि नृत्य सिक्दै आएकी तेरिया रुद्रपुरकै पिस ल्यान्ड भूपू सैनिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छिन्। उनकी आमा सोही विद्यालयमा क्यान्टिन सञ्चालन गर्छिन् । बुबा भने रोजगारीका लागि दुवईमा छन्।

डीआईडी लिटिल मास्टर हुनु पहिलेको तेरियाको प्रस्तुती यस्ता छन्ः


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।