विराटनगर, ५ असार । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अर्को संविधान जारी नभएसम्म वर्तमान राष्ट्रपति र उपराष्ट्रपति परिवर्तन गर्न नसकिने बताएका छन् ।
विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।
आगामी माघ–८ गतेभित्र नयाँ संविधान जारी गर्नका लागि संविधानका अन्तर्वस्तुमा सहमति गरेर अगाडि बढ्नुपर्ने उनले बताए ।
अध्यक्ष यादवले संविधान जारी गर्ने अवधि सात महिनामात्र बाँकी रहेकाले विवादित विषयमा दलहरुबीच सहमति गर्नुपर्नेमा जोड दिए ।
उनले संविधान निर्माणको अभियानमा संविधानसभा बाहिर रहेका शक्तिहरुलाई पनि सहमतिमा ल्याएर संविधान जारी गर्नुपर्ने बताए ।
एक प्रश्नको जवाफमा अध्यक्ष यादवले मधेसवादी दलहरुबीचको एकताको प्रयास जारी रहेको जानकारी दिए ।
Comments