असार २ । प्रधानमन्त्री सुशिल कोइराला स्वास्थ्योपचारका लागि संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री कोइरालाका निजी चिकित्सक करबीरनाथ योगीले यही असार ५ गते केटरिङ क्यान्सर सेन्टरमा स्वास्थ्य परीक्षण गर्ने समय निर्धारण गरिएको जानकारी दिए । प्रधानमन्त्री कोइरालाले जिब्रोको क्यान्सरको उपचार र नियमित अनुगमन पनि त्यसै अस्पतालमा हुँदै आएको छ ।

चिकित्सक योगीका अनुसार प्रधानमन्त्री कोइरालाको पछिल्लो स्वास्थ्य परीक्षणमा एक्स–रेमा दाग, हेमोग्लोबिन १३ ग्राम, इएसआर ४१ एमएम र  मौन्टु टेस्ट २९ एमएम देखिएको छ ।

प्रा डा योगीले उनी छातीको सिटी स्क्यानमा भिन्न प्रकृतिको सेतो दाग देखिएकाले रेडियोलोजिस्टको रायलाई ध्यानमा राखी दागको एफएनएसी, बायोप्सी र पिइटी स्क्यान जस्ता आधुनिक परीक्षण गर्नका लागि  अमेरिका  जान लागेको अमेरिका प्रस्थान गर्नु अघि बताए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।