दिप बहादुर घर्ति 
जाजरकोट २ असार । जिल्लाको एक गाउँमा ११ बर्षिय बालिकाले विहान बेलुका घाँसको भारी बोकेर स्कुल पढ्न भ्याई रहेकीछन । बालिका अविभावक विहीन भएपछि घाँसको भारी बोक्नु रहर नभएर बाध्यता भएको हो ।
खलंगा गाविसको वडा नं. ९ डुरीकाँडा कि ११ बर्षिय निशा रानालाई स्कुल समय भन्दा विहान बेलुकाको समयमा घाँस तथा दाउराको भारी नवोकी नहुने वाध्यतानै छ । श्री हरि प्राथमिक विद्यालय डुरीकाँडामा कक्षा ५ मा अध्ययनरत निशा रानाका बुवा दत्ते राना कमाउनलाई कालापहाड जादा ३ वर्ष पहिलेनै विती सकेका छन । 
आमा पवित्राले दोश्रो विवाह गरि सकेकी छन । बालीका रानाकी एक दिदी र दुई वहिनी गरेर जम्मा ४ बहिनीहरु छन । पछाडीकी बहिनीले घाँस दाउरा गर्नु नपरे पनि आफु र आफ्नो दिदीले घाँस दाउरा देखि घरको सबै काम नगरे खाना नै नपाईने बालीका निशा रानाले गुनासो गरिन । आफ्नो घरमा कोही पनि अविभावक नभए पछि हाल आफुहरु अंकलको छोरा दाई भाउजु संग आश्रित भएका छौ निशाले वताईन । स्वतन्त्रतापूर्वक पढ्न, लेख्न पाउने बाल अधिकारवाट बन्चित उक्त बालीकाहरुको पक्षमा वोल्ने भन्ने मान्छेहरु कोही नभएको स्थानिय मिलन परियार वताउछन । 
बालीकाहरुमा पर्न गएको मर्कालाई अधिकार कर्मि र सरोकारवाला निकाय सम्म पुर्याउन सकिरहेकि छैनन् । सदरमुकामकै गाविस भएता पनि बालीकाहरु बसोवास गर्ने गाउँ अत्यन्तै दुरदराजकै बस्ति भएर पनि सरोकारवाला निकायको ध्यान पुग्न सकिरहेको छैन ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।