असार १ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सम्भवतः पहिलो पटक नेकपा माओवादी पार्टी कार्यालय बुद्धनगर छिरेका छन् । पछिल्लो पटक पार्टी एकताका विषयमा चर्चा भईरहेको बेला प्रचण्ड बुद्धनगर छिर्नुले माओवादी अध्यक्ष मोहन वैद्य किरण र प्रचण्डबीच दुरी नजिकिएको धेरेले विश्लेषण गरेका छन् ।
तर पार्टी भित्र नेता बाबुराम भट्टराईको विवादका कारण र पार्टी बाहिर पनि आफ्नो पावर सो डाउन भएपछि त्यसलाई धारिलो पार्ने रणनीति पनि उनले बनाएको हुनसक्ने अनुमान समेत नगरिएको भने होइन । मंसिर ४ को निर्वाचनमा किरण पक्षधर माओवादी बाहिर नै रहँदारहँदै र उसले चुनाव नगरौं भन्दा भन्दै पनि एमाओवादी चुनावमा गएको थियो । त्यसमा उसले हार बेहारेको थियो । त्यसपछि उ संसदमा तेस्रो शक्तिको रुपमा खुम्चिएको छ ।
यता, बुद्धनगरमा आइतबार एनेकपा माओवादी, नेकपा माओवादी, नेकपा एकीकृत, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रमुखहरु सहितको संयुक्त बैठक बसेर विद्यमान जल्दाबल्दा राजनीतिक साझा मुद्दाहरुमा कसरी बढ्ने भन्ने विषयमा छलफल गरेका छन् ।
बैठकमा संयुक्त संयन्त्रको अवधार छलफल गरिएको र त्यसबारे आवश्यक निर्णय अर्को बैठकमा गर्ने निश्चित गरिएको नेकपा माओवादीका महासचिव रामबहादुर थापा बादले जनाएका छन् ।
अर्को बैठक यही असार ७ गते एनेकपा (माओवादी) को केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने निश्चित गरिएको छ ।
Comments